देव खनालको दमदार इन्ट्री, पहिलो खेलमै हाने शतक

काठमाडौं ।मलेसियमा आजदेखि सुरु भएको एसीसी यू-१९ प्रिमियर कपमा पहिलो खेलमै इरानविरुद्ध शतक प्रहार गर्दै देवले कीर्तिमान बनाएका हुन् । देव यू-१९ टिमका कप्तान समेत हुन् ।


देवले ६० बलमा १२ चौका र ४ छक्का मद्दतमा शतक पूरा गरेका थिए । शतक प्रहार गरेपछि नै उनी आउट भएका थिए ।
यसअघि उनले आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा कुवेतविरुद्ध शतक प्रहार गरेका थिए ।एकै उमेर समूमा दुई शतक हानेर कीर्तिमान बनाएका देवकै कप्तानीमा नेपाल ८ वर्षपछि यू-१९ विश्वकपमा छनोट भइसकेको छ ।

Dengue


नेपालका लागि यसअघि रित गौचमले दुई फरक उमेर समूहमा शतक प्रहार गरेका थिए । रितले नेपाल यू-१६ र यू-१९ दुवैमा नेपालका लागि शतक प्रहार गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार