अफगानिस्तानमाथि भारतको प्रभावशाली जित

नयाँ दिल्ली — कप्तान रोहित शर्माको कीर्तिमान शतकको मद्दतले भारतले आईसीसी विश्वकपमा बुधबार अफगानिस्तानमाथि प्रभावशाली ८ विकेटको जित निकालेको छ । जितका लागि २ सय ७३ रनको लक्ष्य पाएको भारत ३५ ओभरमा २ विकेट गुमाएर सजिलै जितसम्म पुगेको थियो । रोहितले ८४ बलमा आक्रामक १ सय ३१ रन बनाए ।
यसै क्रममा उनी भारतका लागि विश्वकपमा सर्वाधिक सात शतक बनाउने ब्याटर बने । सचिन तेन्दुलकरले वान डे विश्वकपमा ६ शतक बनाएका छन् ।रोहितको शतक विश्वकपमा भारतका लागि सर्वाधिक तीव्र गतिको पनि रह्यो । उनले ६३ बलमै शतक पूरा गरेका हुन् र यसक्रममा कपिल देवले सन् १९८३ मा ७२ बलमा बनाएको शतकलाई उछिने । उनले १६ चौका र ५ छक्का प्रहार गरे ।
रोहितले पहिलो विकेटका लागि इसान किसनसँग मिलेर १ सय ५६ रनको साझेदारी गरे । किसनले ४७ रन बनाए । त्यसबाहेक नआउट दुई ब्याटरमा विराट कोहलीले पनि आफ्नो अर्धशतक पूरा गर्दै ५५ रन बनाए । यस्तै श्रेयर अयरले २५ रन जोडे ।
त्यसअगाडि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ८ विकेट गुमाएर २ सय ७२ रन बनाएको थियो । त्यसमा दुई ब्याटरले अर्धशतकीय योगदान दिए । कप्तान हसमतुल्लाह साहिदीले ८८ बलमा ८० रन बनाए । उनले ८ चौका र १ छक्का प्रहार गरे । यस्तै अजमतुल्लाह उमरजाईले ६९ बलमा ६२ रन जोडे । उनको ब्याटबाट २ चौका र ४ छक्का निस्केको थियो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार