बझाङका भुकम्प पीडितलाई निजि क्षेत्रका संघसस्थाहरुले पठाए राहत सामग्री

धनगढी, २४ बझाङ । बझाङका भुकम्प पीडितहरुलाई निजि क्षेत्रका संघ सस्थाहरुले राहत वितरणका सामग्री पठाएका छन् ।

यहि असोज १६ गते गएको भुकम्प बाट पीडित परिवारलाई नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष शंकर बहादुर बोगटीको पहलमा,नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग बाणिज्य महासंघ – सुदुरपश्चिम प्रदेश, कैलाली उद्योग बाणिज्य संघबाट संकलित ७ लाख बराबरको सहयोग सामग्री आज बझाङ उद्योग वाणिज्य संघका महासचिव नरेन्द्र खड्कालाई हस्तान्तरण गरिएको हो ।

Galaxy

उक्त राहत सामग्री नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प राज कुवंर ,नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्षद्व्य मदन राज पन्त ,अनिल कुमार भोजनिया र कार्यकारी निर्देशक ज्योती भट्टको सहभागितामा हस्तान्तरण गरिएको थियो।

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ ,सुदूरपश्चिम प्रदेश बाट (१५ हजार ८ सय १८ रुपैँया बराबरको १ सय ५० थान त्रीपाल,१ सय ६५ बोरा चामल( २५ के जि), चिउरा २५ बोरा, स्वायबिन ३० बोरा सहयोग हस्तान्तरण गरेको छ । कैलाली उद्योग वाणिज्य संघबाट १.त्रीपाल १५ हजार ८ सय १८ बराबरका १०० थान सहयोग गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार