ज्वोरोको औषधि भनेर ठुलो ओखती खादा दैलेखका नर्तमको मृत्यु

दैलेख ,२४ असोज । दैलेखमा ‘ठूलो ओखती’ नामक जडीबुटी खाएका एक जनाको ज्यान गएको छ, भने दुई जना बिरामी भएका छन् । ज्वोरो आएको निको हुने भन्दै ठूलो ओखती भनिने जडीबुटी खादा जिल्लाको भगवतीमाई गाउँपालिका–४ तुर्सूगाउँका २५ वर्षीय नर्तम विकको ज्यान गएको हो ।

ठूलो ओखती भनिने जडीबुटी खाएका ६१ वर्षिया धने कामी र १२ वर्षीय रमेश विक विरामी भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए । उनिहरुलाई दुई दिन अघिदेखि सामान्य ज्वरो आएको थियो ।

Dengue

उनीहरुलाई दैलेख अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्काले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार