कमलबजार नगरपालिकामा ६ दिनदेखि ताला, कर्मचारी राख्न प्रमुख र उप-प्रमुखको विवाद

धनगढी, २४ असोज । अछामको कमलबजार नगरपालिकामा ६ दिनदेखि लागाएको ताला अझै खुल्न सकेको छैन । पालिकाले जनजीविका केन्द्रित काम नगरेको, बजेट पारित हुन नसकेको तथा राजनीतिक दलहरुले उठाएका मागलाई सम्बोधन नगरेको भन्दै गत १९ गते विभिन्न चार दलले पालिका कार्यालयमा ताला लगाएका थिए ।

नेपाल कम्युनिस्ट पार्टी, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिस्ट पार्टी मालेका संयुक्त रुपमा १५ देखी २० जनाको समुहले ताला लगाएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक तथा सुचना अधिकारी राजेन्द्र साउदले जानकारी दिए ।

SHIKHAR COOL TECH

नगरपालिकामा करारका कर्मचारीको विषयमा राजनितीक विबाद सिर्जना भएको कमल बजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रशाद ढकालले बताए । नगर पालिका उप प्रमुख र केहि वडाका वडा अध्यक्षको बहुमतले आफ्ना मान्छेलाई करारमा नियुक्त गर्नु पर्ने भनेपछि पालिकामा राजनितिक विबाद सिर्जना भएको नगर प्रमुख ढकालको भनाई छ ।

नेकपा एमालेबाट निर्वाचित उप प्रमुख सहित ८ जना वडा अध्यक्षले करारका कर्मचारीको म्याद थप नगर्ने र आफु निकट व्याक्तिलाई पालिकाको निर्णयबाट करारमा नियुक्त गर्नु पर्ने भन्दै केहि कर्मचारी राखेको बताइएको छ ।

करारका कर्मचारी राख्न खुला प्रतिशप्रधा गरेर नियुक्त गरौ भन्दा उप प्रमुख सहित केहि बहुमत वडा अध्यक्षले नमानेको नगर प्रमुख ढकालको भनाई छ । कमल बजार नगरपालिकामा नगर प्रमुख ढकालसहित वडा नबर २ र १० मा नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष रहेका छन् ।

यस्तै उप प्रमुख शारदा कुमारी बिष्टसहित वडा नम्वर ३, ४, ५, ६, ७, ८, ९ र १ का स्वतन्त्र वडा अध्यक्ष नेकपा एमालेमा प्रवेश गरे पछि ८ जना एमालेका वडा अध्यक्ष रहेका छन् । यस विषयमा उप प्रमुख शारदा कुमारी विष्ट सङ्ग फोन गरेर बुझ्न खोज्दा परिचय गरेर फोन काटेकी छन् । त्यस पछि ११ पटक कल गर्दा समेत फोन उठेन ।

तर पालिकाको मुल गेट र सभा हलमा ताला लागाएको हुदा सेवा प्रवाह प्रभावित भएको नगर प्रमुख यज्ञ प्रशाद ढकालले बताए । सामाजिक सुरक्षा भत्ता वितरण, कर्मचारीको तलब निकासाजस्ता काम पनि हुन नसकेको उनले बताए ।

नगरपालिकामा लगाएको तला प्रहरी र अन्य व्याक्ति लगाएर खुलाउन सकिने भए पनि सहमनिका अधारमा समस्या समाधान गरेर अगाडी जाने नगगर प्रमुख ढकालले बताए । राजनितिक विवाद समाधानका लागी असोज २६ गतेका लागी नगर सभाको बैठक बोलाएको उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार