खादा र ब्याच प्रयोगमा प्रतिबन्ध लगाउन ग्रीन क्लिनको माग


धनगढी, २४ असोज । ग्रीन क्लिन धनगढीले धनगढी उपमहानगर क्षेत्रमा खादा र ब्याच प्रयोगमा प्रतिबन्ध लगाउन माग गरेको छ । ग्रीन क्लिन धनगढीका प्रतिनिधिहरुले बुधबार धनगढीका उपमहानगरका मेयर गोपाल हमाललाईं खादा र ब्याच प्रयोगमा प्रतिबन्ध लगाउन माग गर्दै अपिल पत्र समेत बुझाएका हुन् ।

धनगढीमा अतिथी सत्कार, सभा, सम्मेलन, गोष्ठी लगायत साना ठूला कार्यक्रमहरुमा खादा तथा ब्याचको प्रयोग अत्याधिक हुन थालेको र त्यसले यस क्षेत्रको ठूलो पुँजी बाहिर गईरहेको ग्रीन क्लिन धनगढीले बताएको छ । यसको प्रयोगले पर्यावरणमा समेत नकरात्मक असर पुर्यारइरहेको भन्दै ग्रीन क्लिनले खादा र ब्याच प्रयोगमा प्रतिबन्ध लगाइदिन ग्रीन क्लिन अपिल गरेको हो ।

Dengue

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले २०७३ सालमै आफ्नो मातहतका कार्यालयमा खादा तथा ब्याच प्रयोग नगर्न निर्देशन जारी गरिसकेको उदाहरण दिदैँ ग्रीन क्लिनले खादा तथा ब्याचको स्थानमा सबैले स्थानीय रुपमा उत्पादन भएको फुलको प्रयोग गर्न आग्रह गरेको छ ।

त्यसले स्थानीय कृषकहरुलाई समेत टेवा पुग्ने विश्वास रहेको ग्रीन क्लिन धनगढीका निर्देशक समुयल न्यौपानेले बताए ।
अपिल पत्र बुझ्दै मेयर हमालले पर्यावरणमा असर पुर्या्उने खादा तथा ब्याच प्रयोगमा प्रतिबन्ध लगाउने र स्थानीय उत्पादनलाईं टेवा पुर्यााउने कुरामा आफू सकरात्मक रहेको प्रतिक्रिया दिए ।

उनले केही धर्मालम्बीहरुले खादालाई विशेष रुपमा लिने भएकाले उहाँहरुले भने आफ्नो धार्मिक कार्यक्रममा प्रयोग गर्नमा कुनै रोकावट नरहेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार