डोटीमा बेवारिसे भेटिएको शबको लिङ्ग पहिचान भएन

धनगढी, २२ असोज । डोटीको दिपायल सिलगढी नगरपालिका– ८ लडागडाको नारीदाङमा बेवारिसे शब फेला परेको छ । शनिबार दिपायलबाट सेतीमा बगेका दुइ बालक खोज्ने क्रममा सडेको अवस्था रहेको बेवारिसे शब फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक निसान्त श्रीवास्तवले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार शरीरको कुनै भाग पनि नचिने हात र खुट्टा सडेको अवस्थामा भेटिए हो । शब पुरै सडेको हुदा लिंग पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । शवको सनाखत र लिङ्ग पहिचान गर्न सक्ने अवस्था नरहेको डोटीका प्रहरी नायब उपरीक्षक श्रीवास्तवले बताए ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार