बोगटान फुड्सिलले खरिद्यो नँया एम्बुलेन्स, पुरानो एम्बुलेन्स दिपायलमा थन्क्याएको

डोटी, १९ असोज । डोटीको बोगटान फुड्सिल गाउपालीकाले नँया एम्बुलेन्स खरिद गरेका् छ । नेपाल सरकारबाट राजश्व छुट प्राप्त २० लाख १० हजारको लागतमा गाउपालीकाले नँया एमबुलेन्स सञ्चालनमा ल्याएको हो ।

गाउँपालिका अध्यक्ष कमल बहादुर गड्सिलाले आज शुक्रबार पुजा गरेर एम्बुलेन्स सेवा सुरु गरिएको छ । सो एम्बुलेन्स चवाराचौतारा स्वास्थ्य चौकीलाई केन्द्र बनाएर सञ्चालन हुने छ । यस अघि नेपाल-भारत सहयोगबाट पाएको से १ च १३६४ नम्बरको एम्बुलेन्स करिव एक वर्ष देखी थन्कयाएर राखीएको छ ।

Dengue

बोगटान फुड्सिल गाउपाललिकाले पुरानो मोडेलको एम्बुलेन्स कच्ची बाटोमा नचलनेको भन्दै एक वर्ष देखी क्षेत्रिय स्वास्थ्य निर्देशनालय दिपायल डोटीमा राखिएको बोगटान फुड्सिल गाउपालिकाका सव ईन्जिनियर नवराज जोशीले जानकारी दिए । दिपायल देखी चवरा चौतारा सम्मको सडक कालोपत्रे भएपछि उक्त एम्बुलेन्स सञ्चालनमा लयाउने तयारी रहेको ईन्जिनियर जोशीले बताए ।

एम्बुलेन्स नहुँदा बोगटान फड्सिलका बिरामी सास्ती खेप्दै आएका थिए । पालिकाले नागरिकले भोग्दै आएको सास्तीलाई मध्यनजर गरेर एम्बुलेन्स सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष कमल बहादुर गड्सिलाले बताए । एम्बुलेन्स सेवाबाट बिरामीको भनेका बेला गाडी नपाउने र चर्को रुपैयाँ तिर्नुपर्ने समस्या केही हदसम्म समाधान हुने अध्यक्ष गड्सिलाले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार