धनगढी विमानस्थलबाट सुदूरपश्चिमका पहाडी तीन जिल्लामा नियमित उडान सुरु

धनगढी १८ असोज । कैलालीको धनगढी विमानस्थलबाट सुदूरपश्चिम प्रदेशका पहाडी तीन जिल्लामा नियमित उडान सुरु भएको छ । विगत पाँच महिनादेखि बन्द पहाडी जिल्लाको उडान सेवा बिहीबारदेखि पुनः सुचारु भएको हो ।

गत चैतदेखि बझाङ, बाजुरा र अछामको हवाई उडान नगरेको समिट एयरले बिहीबारदेखि नियमित उडान सुरु गरेको समिट एयरका सुदूरपश्चिम प्रमुख किशोर खड्काले बताए । उनका अनुसार पहाडी तीन जिल्लामा हप्ताको दुई दिन नियमित उडान हुने उनले बताए ।

Dengue

प्रत्येक हप्ताको सोमबार र बिहीबार बझाङ, बाजुरा र अछाम उडान गरिने उनले बताए । समिट एयरले धनगढी–बझाङको भाडादर ७ हजार रुपैयाँ कायम गरेको छ । बाजुराको भाडादर ७ हजार ५ सय र अछामको भाडादर ५ हजार कायम गरिएको छ । समिट एयरले धनगढीदेखि बझाङ २२ मिनेट, अछाम १७ मिनेट र बाजुरा २८ मिनेटको उडान अवधि रहने जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार