धनगढी, १८ असोज । कैलालीबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
जिल्लाको लम्कीचुहा नगरपालिका–९ सोहनपुरबाट १० ग्राम २ सय ८० मिलिग्राम लागूऔषधसहित भारतको लखिमपुर खिरीका २४ वर्षीय गुर्वेन्द्र सिंह र सोही ठाँउ बस्ने २१ वर्षीय कुलदिप सिंह बुधबार दिउँसो पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय लम्कीबाट खटिईएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध फेला पारी भारतीय नम्बरको मोटरसाईकलसमेत १ थान बरामद गरि दुबै जनालाई नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया दिनुहोस्