मङ्गलवार भूकम्पमा घाइते भएकाहरूको सुदूरपश्चिम प्रदेश सरकारले उपचार गर्ने

धनगढी, १७ असोज । मङ्गलवार बझाङको जयपृथ्वी नगरपालिका केन्द्र भएर आएको भूकम्पमा घाइते भएकाहरूको सुदूरपश्चिम प्रदेश सरकारले उपचार गर्ने भएको छ । बुधवार मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा भएको खुला छलफलमा मुख्यमन्त्री शाहले भूकम्पका घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकरले ब्यहोर्ने बताएका हुन् ।

सुदूरपश्चिम प्रदेशमा भूकम्पका कारण २७ जना घाइते भएका छन् । प्रदेशको बझाङमा सबै भन्दा बढी क्षति भएको छ । बझाङमा मात्रै एक जना बेपत्ता भएका छन् भने १८ जना घाइते भएका छन् । यस्तै, अछाममा पाँच जना, र बैतडी तथा बाजुरामा समान दुई दुई जना घाइते भएका आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

बुधवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको छलफलमा घाइतेको उपचार प्रदेश सरकारले गर्ने, उद्धार, खोज र प्रभावितहरूलाई आवश्यक राहर सामग्री एकद्वार प्रणालीमा वितरण गर्ने भएको छ । खोज, उद्धार र राहत वितरणको सम्पूर्ण जिम्मेवार प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायको समन्वयमा गर्ने मुख्यमन्त्री कमलबहादुर शाहले बताए ।

भुकम्पमा परी एक जनाको जयमन गएको छ । टिमुर टिप्न मंगलवार दिउँसो गाउँनजिकैको जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी ४० वर्षीया गुनमति धामीेको शव आज ९बुधबार० पहिरोमा च्यापिएको अवस्थामा फेला परेको शव हो। यस्तै भूकम्पले बझाङ, बाजुरा, अछाम र बैतडीमा ७६ वटा निजी घर पूर्ण रूपमा भत्किएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। यस्तै ३०१ घरमा आशिंक क्षति पुगेको बताइएको छ।

राति चारपटक गयो भूकम्प

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार