धनगढी १६ असोज । धनगढी उपमहानगरपालिकाले तीन दिन धान नकाट्न किसानलाई आग्रह गरेको छ । पानी पर्ने सम्भावना रहेको भन्दै उपमहानगरपालिकाले सोमबार देखि बुधबार सम्म धान नकाट्न किसानलाई आग्रह गरेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न धनगढी उपमहा नगरका नगर प्रहरीले किसानको बस्ती तथा खेतमै गएर माइकिङ गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्