बैतडीको पाटनमा सुपथ मूल्य पसल सञ्चालन गर्न माग

बैतडी, १५ असोज । बैतडीको पाटनमा सुपथ मूल्य पसल सञ्चालन गर्न माग गरिएको छ । पाटन नगरपालिकाले एक सुचना जारी गर्दै खाद्य कम्पनी धनगडी संग पाटन बजारमा सुपथ मुल्य पसल सञ्चालन गर्न माग गरेको हो ।

नुन मात्र पाईने साल्ट ट्रेडिङ पाटन शाखामा सहुलियत मुल्यमा अन्य दैनिक उपभोग्य सामग्री पनि उपल्बध गराउन खाद्य व्यवस्था तथा व्यापार कम्पनी साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालय धनगडीलाई पत्राचार गरेर नगरपालिकाका उप प्रमुख कमल सिंह बोहराले माग गरेका छन् ।

SHIKHAR COOL TECH

केहि वर्ष यता बैतडीमा चाडपर्वका बेला सुपथ मूल्य पसल सञ्चालन नहुँदा उपभोक्ता मारमा परेका छन् । सुपथ मूल्यमा सहुलियत दरमा खाद्य सामग्री उपलब्ध हुने भएपनि सञ्चालनमा नआउँदा समस्या हुने गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार