कञ्चनपुरको कृष्णपुरले पढाउन थाल्यो ‘हाम्रो कृष्णपुर’ नामक पाठ्यपुस्तक

धनगढी, १५ असोज । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आफ्नै पाठ्यपुस्तक प्रकाशित गरेको छ । चालू शैक्षिक सत्र २०८० देखि कृष्णपुर नगरपालिकाले ‘हाम्रो कृष्णपुर’ नामक पाठ्यपुस्तक पढाउन सुरु गरेको छ ।

कक्षा एकदेखि आठसम्म आधारभूत तहका लागि पाठ्यपुस्तक तयार पारिएको कृष्णपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विष्णुदत्त भट्टले जजानकारी दिए ।

Dengue

एक सय पूर्णांकको उक्त ‘हाम्रो कृष्णपुर’ पुस्तक कक्षा एकदेखि कक्षा आठसम्मका विद्यार्थीले अनिवार्य पढनुपर्नेछ ।
नगरप्रमुख हेमराज ओझाले बालबालिकालाई कृष्णपुर नगरपालिकाबारे अझ राम्रोसँग जान्न र बुझ्न ‘हाम्रो कृष्णपुर’ पुस्तकले थप टेवा पुग्ने बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार