सहकर्मी महिला प्रहरीलाई यौन दुर्व्यवहारको आरोप लगेका एसएसपीले दिए राजीनामा

धनगढी, १५ असोज । कञ्चनपुरमा आफ्नै कार्यालयमा कार्यरत सहकर्मी महिला प्रहरीलाई कार्यालयभित्रै यौन दुर्व्यवहार गरेको आरोपमा कारबाही सिफारिस भएका नेपाल प्रहरीका एसएसपी योगबहादुर पालले राजीनामा दिएका छन् ।

छानबिन समितिको प्रतिवेदनका आधारमा प्रहरी प्रधान कार्यालयले कारबाही प्रक्रिया अघि बढाएपछि उनले राजीनामा दिएका हुन् । प्रहरी प्रधान कार्यालयले उनको राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालय पठाएको छ । स्रोतका अनुसार निलम्बन फुकुवा गरी राजीनामा स्वीकृत गर्न लागिएको छ ।

Dengue

यौन दुर्व्यवहारमा कानुनी कारबाहीबाट भने उनले उन्मुक्ति पाएका छन् । नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरको प्रमुखका रूपमा कार्यरत रहँदा गत जेठमा उनले महिला कर्मचारीलाई दुव्र्यवहार गरेका थिए । बिदामा घर जान लागेकी कर्मचारीलाई उनले ‘तिमी मलाई मन प¥यो, आज गुड फ्राइडे मनाउनुपर्छ’ भन्दै आफूसँगै बस्न प्रस्ताव गरेको छानबिनमा खुलेको छ ।

महिला प्रहरीले सुदूरपश्चिम प्रदेश कार्यालयमा उजुरी दिएपछि छानबिन सुरु भएको थियो । सोही दिन उनलाई जिम्मेवारीबाट हटाइएकोमा प्रारम्भिक छानबिनपछि गृह मन्त्रालयले निलम्बन गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार