कैलालीको बडैपुर शिविरका दुई बालिका बेपत्ता

धनगढी, १५ असोज । कैलालीको बडैपुर शिविरका दुई बालिका बेपत्ता भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–८ बडैपुर शिविरमा बस्दै आएका पार्वती बोहराकी ९ वर्षीया छोरी मुना बोहरा र सोहि शिविरमा बस्दै आएकी गंगा ओलीकी १० वर्षीया छोरी गौरी ओली साउन २६ गतेदेखि बेपत्ता हुन् ।

दुबै बालिका साउन २६ गते शुक्रबार दिँउसो घर नजिकैको लिक्मा नदिमा नुहाउन गएका थिए । अहिलेसम्म ती बालिका कतै फेला नपरेको इलाका प्रहरी कार्यालय मसुरियाका प्रहरी नायब निरीक्षक गणेशबहादुर धामीले बताए । दुबै बालिका नजिकैको त्रिपुरेश्वर प्राविमा अध्ययनरत थिए ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार