कैलालीमा छाडा पाँच हजार कुकुरलाई निःशुल्क रेबिजविरुद्धको खोप

धनगढी, १३ असोज । कैलालीको धनगढीसहित १३ वटै पासलका बाट पाँच हजार कुकुरलाई निःशुल्क रेबिजविरुद्धको खोप लगाइएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीले धनगढी उपमहानगरसहित कैलाली जिल्लाका १३ वटै स्थानीय तहमा छाडा र घरपालुवा गरी पाँच हजार कुकुरलाई निःशुल्क रेबिजविरुद्धको खोप लगाएको हो ।

Dengue

सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा करिब तीन हजार कुकुरलाई खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डाक्टर हेमराज अवस्थीले बताए । खोप लगाउन टोलटोलमा भेटेरिनरी डाक्टर र प्राविधिकहरूको टोली खटाइएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार