आज ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौ, १४ असोज । आज ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै छ । सबै पुस्ताका लागि ज्येष्ठ नागरिकको मानव अधिकारबारे विश्वव्यापी घोषणा गरिएका वाचाहरु पूरा गरौँ भन्ने नाराका साथ देशभर विभिन्न कार्यक्रम मनाईदै छ ।

सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ । ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पहुँच पुर्याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वभर यो दिवस मनाउन थालिएको हो ।

Dengue

ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभव नयाँ पुस्ताको लागि मार्गदर्शन मानिन्छ । तर, पारिवार तथा समाजबाट नै ज्येष्ठ नागरिक अपहेलित हुने क्रम बढेको छ ।

बुढ्यौलीले छुँदै गए पछि शरीर कमजोर हुँदै जाने र विभिन्न रोग लाग्ने हुन्छ । ज्येष्ठ नागरिक शारीरिक र मानसिक रुपमा स्वस्थ रहन घर, परिवार र समाजको सहयोग निरन्तर हुनुपर्नेमा डाक्टरले जोड दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार