धनगढीको वडा नम्बर ११ मा योग शिविर सुरू

धनगढी, १३ असोज । धनगढीमा पाँच दिने योग शिविर सुरू भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ११ मा वडा कार्यालय प्राङ्गणमा शनिबारदेखि पाँच दिने योग शिविर सुरू भएको हो ।

पतञ्जलि योग समिति कैलालीको सहयोगमा वडा नम्बर ११ ले आयोजना यरेको सो योग शिविर पाँच दिनसम्म चल्ने छ । वडाध्यक्ष रुपकबहादुर कुँवरको अगुवाइमा वडा सदस्यहरू र अन्य वडावासी योग शिविरमा सहभागी भएका छन् । पहिलो दिन ३७ जना स्थानीयको सहभागिता रहेका थियो भने भोलिबाट अझै संख्या बढाउने अध्यक्ष कुँवरले बताए। उनले स्थानीयलाई नियमित योगाभ्यास गर्न उत्प्रेरित गर्न पाँच दिने शिविर आयोजना गरेको बताए।

Seti Hospital

योग शिविरमा पतञ्जलि योग समिती कैलालीका अध्यक्ष श्यामराज श्रेष्ठ, जिल्ला युवा प्रभारी सुवास बमसहित ८ जना योग गुरु र योग सह–शिक्षकहरूले स्थानीयलाई पाँच दिनसम्म योग प्रशिक्षण गराउने छन्

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार