दार्चुलामा मानव कंकाल फेला, प्रहरीका अनुसार कंकाल लोथ्यालको

दार्चुला, १३ असोज । दार्चुलामा मानव कंकाल फेला परेको छ । जिल्लाको दुहुँ गाउँपालिका–४ गर्खा बिन्नाजोशी ओडार नजिक जंगलमा शुक्रवार कंकाल फेला परेको हो ।

उक्त कंकाल सोही ठाउँको पोक्से दोरजेरका ७५ वर्षीय धनसिंह लोथ्यालको भएको खुलेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । स्था

Dengue

नीयले घर भन्दा करिब ३ किलोमिटर पर सडेगलेको अवस्थामा उक्त कंकाल देखिपछि प्रहरीलाई खबर गरेका थिए । कंकाल लोथ्यालकै भएको प्रहरीले बताएको छ ।

उनी घरबाट गत जेठदेखि सम्पर्क विहिन थिए । उनको विगत लामो समयदेखि मानसिक सन्तुलन बिग्रेको प्रहरीले बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार