बैतडीमा गाँजा फडानी अभियान सुरु

बैतडी, १२ असोज । बैतडीमा प्रहरीले गाँजा फडानी गर्न थालेका छन् । लागु औषधविरुद्धको महाअभियान अनतर्गत जिल्लाभरी गाँजा फडानी गर्नथालिएको हो ।

जिल्लाका विभिन्न ठाउँमा आँफै उम्रेको र कुनै ठाउँमा स्थानीयहरुले लगाएको गाँजाका बोटहरु नष्ट गर्ने गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । उनका अनुसार जिल्लामा अहिले सम्म झण्डै एक सय रोपनीमा रहेको गाँजा नष्ट गरिएको छ ।

SHIKHAR COOL TECH

गाँजा लागु औषध भएकाले गाँजा फडानी अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।गाँजाका बोट फडानीका निमित्त अभियान शुरु गरिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

बैतडीमा लागु औषध विरुद्धको महाअभियान अन्तर्गत वडास्तरीय लागू औषध नियन्त्रण सञ्जाल समेत प्रहरीले गठन गरिहेको छ । उक्त अभियानमा स्थानीयले समेत साथ दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार