धनगढीमा चिकित्सकहरु विरोध प्रदर्शनमा

धनगढी, १२ असोज । धनगढीमा चिकित्सकहरुले विरोध प्रदर्शन गरेका छन् । चिकित्सकमाथि भइरहेको आक्रमण तथा कुटपिट विरुद्ध नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश समितिले विरोध प्रदर्शन गरेको हो ।

सेती प्रादेशिक अस्पतालदेखि सुरु भएको विरोध ¥याली मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै अस्पतालको प्राङ्गणमा पुगेर कोणसभामा परिणत भएको थियो । संघका सचिव डाक्टर कपिल भट्टले पछिल्लो समय चिकित्सकलाई काम गर्ने वातावरण नभएको भन्दै सरकारले चिकित्सकलाई सुरक्षित बनाउनुपर्ने बताए ।

Dengue

नेपाल चिकित्सक संघले लमजुङ अस्पताल र मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेहरुलाई तत्काल कारबाही गर्न माग गरेको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा बिरामीको मृत्यु भएपछि आफन्तले डाक्टरमाथि आक्रमण गरेका थिए।

लमजुङको सुन्दरबजार नगरपालिका–६ की ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएको थियो । दुराको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल परिसरमा तोडफोडसमेत गरेका थिए। आइतबार जिल्ला अस्पताल लमजुङका डा सन्दीप अधिकारीमाथि कुटपिट भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार