डोटीको बोगटान फुड्सिल ५ मा सुख्खा पहिरोका कारण पाँच घर जोखिममा

डोटी, ११ असोज । डोटीमा सुख्खा पहिरोका कारण ५ घर उच्च जोखिममा परेका छन । जिल्लको बोगटान फुड्सिल गाउँ पालिका वडा नं ५ धिर्कामाण्डौ स्थित खडायत टोलमा सुख्खा पहिरोका कारण ५ घर उच्च जोखिममा परेका हुन ।

असोज १ गते देखी पहिरो खस्न थालेपछी स्थानिय जवन खडायत, कृष्णा खडायत , शेर बहादुर खडायत, जगत खडायत र करविर खडायतका घर जोखिममा परेको छन् । वडा नं ५ क वडा सदस्य उज्जल रावलका अनुसार सुख्खा पहिरोले भटमास कोदो र धान बाली मा क्षति गरेको छ ।

Dengue

सुख्खा पहिरो नरोकियमा पहिरोको जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा सार्ने वडा सदस्य रावलले बताए । पहिरोले गरेको क्षतिको विवरण संखलन गरि पहिरो पिडित परिवार लाई वडाको विपत व्यवस्थापन कोष बाट राहात वितरण गर्ने उनले बताए । पहिरो पिडितलाई गाउँ पालिका सङ्ग मम्मनोय गरेर राहात वितरण गर्ने वडा सदस्य रावलले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार