एसपीएको सानदार सुरुवात

महेन्द्रनगरमा बुधबारबाट सुरु भएको इन्टरनेशनल पब्लिक स्कुल लिग क्रिकेट प्रतियोगितामा एसपीए कलेजले विजयी सुरुवा गरेको छ ।

एसपीएले आफ्नो उद्घाटन खेलमा पूर्ण मावि महेन्द्रनगरमाथि ११० रनको सानदार जित हात पारेको हो ।

Dengue

टस जितेर पहिले ब्याटिङ गरेको एसपीएले दिएको १५० रनको लक्ष्य पछ्याएको पूर्ण मावि १२ ओभर २ बलमा ४० रन बनाउँदै अलआउट भएको थियो ।

त्यसअघि एसपीयका किरण कार्कीले २९, सौर्य श्रेष्ठले २७ र गौरव मल्लले २३ बनाए । एसपीएका म्यान अफ खगेन्द्र कुँवरले ५ विकेट लिए । उनले ३ ओभरमा ७ रनमात्रै खर्चिए । यस्तै ज्ञानेन्द्र खत्रीले २ विकेट लिए ।

१६ टोली सहभागि प्रतियोगितामाको विजेताले १ लाख रुपैयाँ पाउनेछ । एसपीएले अर्को खेल असोज १२ गते आयोजक इन्टरनेशनल पब्लिक स्कुलको बी टिमसँग खेल्नेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार