प्रधानमन्त्री पुष्पकमल दाहाल दाहाल चीनको तिब्बत आइपुगेका छन् ।
अमेरिका भ्रमण सकेर सोझै एशियाली खेलकुदको उद्घाटन समारोहमा भाग लिन चीन पुगेका प्रम दाहाल आज बिहान चीनको स्वशासित क्षेत्र तिब्बत पुगेका हुन् । तिब्बतको ल्हासास्थित गोङार विमानस्थलमा उनलाई रेड कार्पेटसहित स्वागत गरिएको छ ।
प्रम दाहालले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको अवलोकन गर्ने कार्यक्रम छ । उनी आज तिब्बतमै बस्नेछन् ।
प्रतिक्रिया दिनुहोस्