कैलालीमा मोटरसाइकलको ठक्करबाट एकजना घाइते

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट एकजना घाइते भएका छन्।

जिल्लाको गौरीगंगा नगरपालिका १ का ६० वर्षीय साइकलयात्री विजयराम डंगौरालाई मोटरसाइकलले ठक्कर दिँदा मंगलवार घाइते भएका हुन्।

Seti Hospital

डंगौरालाई सोही ठाउँका भागीराम चौधरीले चलाएको से २ प ४४७२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ। घाईते डंगौराको चौमालामा सामान्य उपचारपछि थप उपचारका लागि मायामेट्रो अस्पताल धनगढीमा ल्याइ उपचार भइरहेको चौमाला प्रहरीले बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार