आजदेखि हार्डवेयर एक्सपो शुरु

धनगढी: ब्यापार व्यवसाय प्रबद्र्धन गरी प्रयोगकर्तालाई गुणस्तरीय निर्माण सामाग्री छनौट गर्न सचेतना प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हार्डवेयर एक्सपो आजदेखि शुरु हुँदैछ । उत्पादक–व्यापारी–प्रयोगकर्ताबीच त्रिपक्षीय अन्तरक्रियाको माध्यमबाट हार्डवेयरल एक्स्पोले व्यवसाय प्रबद्र्धन गर्ने बताइएको छ ।

एक्स्पो अवलोकन गर्न आउने आमनागरिकलाई निर्माण सामग्रीबारे विज्ञमार्फत् जानकारी दिइने आयोजक कैलाली हार्डवेयर व्यवसायी संघले जनाएको छ । संघका अध्यक्ष कुबेर शाहीले आजदेखि हुने मेलाको तयारी पुरा भएको बताए । स्टलहरु बुकिङ गर्ने, प्रायोजक जुटाउने, प्रचारप्रसार गर्नेलगायत तयारी पुरा भएको उनले बताए । ‘प्रचारप्रसार, अथिति सत्कार, स्टल तथा मञ्च निर्माण, आर्थिकलगायत छुट्टाछुट्टै समिति गठन गरेर तयारी पुरा गरेका छौँ’ अध्यक्ष शाहीले भने । एक्स्पो असोज १४ गतेसम्म सौराइ स्क्वायरमा सञ्चालन हुने छ ।

Dengue

एक्स्पोमा निर्माण तथा हार्डवेयर सामग्रीसँग सम्बन्धित करिब ५५ वटा स्टल निर्माण गरिएको छ । हार्डवेयर तथा निर्माण सामग्री उत्पादक कम्पनीहरुले स्टलहरु बुकिङ्ग गरी स्टलमा निर्माण सामाग्री र सोको विषयमा जानकारीहरु राखिसकेका छन् । अवलोकनकर्ताले निर्माण तथा हार्डवेयरसँग सम्बन्धित सम्पूर्णसामग्री एउटै छानामुनि अवलोकन गरेर ती सामग्रीबारे जानकारी लिन पाउने संघले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार