बाजुरामा सुत्केरी महिलाको ज्यान खतरामा,उद्धारका लागि पहल

बाजुरा: जिल्लाको पूर्वउत्तरी भेगको हिमाली गाउँपालिका–१ विच्छ्याकी एक महिलाको रक्तश्राव र साल नझरेर पाठेघरको मुख बन्द हुनपुग्दा उनको ज्यान जोखिममा परेको छ ।

उक्त गाउँपालिकाको विच्छ्या स्वास्थ्य चौकीमा सुत्केरी भएकी २३ वर्षीय कल्पना रोकायाको ज्यान जोखिममा पुगेको स्वास्थ्य शाखाका संयोजक राजबहादुर भण्डारीले जानकारी दिए ।

Dengue

उनका अनुसार रोकायाले मङ्गलबार बिहान बच्चा जन्माए पनि रगत बग्न नरोकिएको र सालनाल नझरेपछि उनको ज्यान जोखिममा परेको हो ।

सुत्केरी रोकायालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरमार्फत उद्धारका लागि जिल्ला प्रशासन कार्यालयले पहल गरिरहेको संयोजक भण्डारीले बताए ।

उक्त घटनाका सम्बन्धमा गाउँपालिकाबाट जानकारी गराइएकाले नेपाली सेनाको हेलिकप्टरका लागी पहल भइरहेको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार