साफ यू-१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा भारतसँग भिड्ने

साफ यू–१९ च्याम्पियनसिप फुटबलमा नेपालले सेमिफाइनलमा भारतको सामना गर्ने भएको छ । समूह चरणको अन्तिम खेलमा भुटान पराजित भएपछि नेपालले भारतको सामना गर्ने समीकरण बनेको हो ।

नेपाल समूह ‘ए’ को उपविजेता तथा भारत समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा पुगे । नेपाल र भारतबीचको सेमिफाइनल खेल बुधबार बेलुका साढे ५ बजे सुरु हुनेछ ।

Dengue

यस्तै, पहिलो सेमिफाइनलमा पाकिस्तान र भुटान प्रतिस्पर्धा गर्नेछन् । यी दुई टिमबीचको सेमिफाइनल बुधबार दिउँसो साढे १ बजे सुरु हुनेछ ।

नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा माल्दिभ्सलाई ४–१ गोल अन्तरले हरायो । पहिलो खेलमा भने आयोजक नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको थियो ।

यसपटक गत संस्करण उपविजेता बंगलादेश र माल्दिभ्स भने समूह चरणबाटै बाहिरिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार