मलेसिया पठाइदिन्छु भन्दै तीन लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ

डोटी: मलेसिया पठाइदिन्छु भन्दै तीन लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

डोटीको शिखर नगरपालिका २ घर भई अहिले काठमाण्डौको सेतो पुल बस्ने ३२ वर्षका धनबहादुर बोगटीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

Dengue

उनले कृष्णबहादुर बोगटीलाई वैदेशिक रोजगारीमा मलेसिया पठाइदिने भन्दै तीन लाख रुपैयाँ लिएका थिए । मलेसियामा प्याकिङको काममा महिनाको ६० हजार रुपैयाँ कमाइ हुने प्रलोभन समेत देखाएका थिए । तर तीन लाख रुपैयाँ रकम हात परेपछि धनबहादुर सम्पर्कविहीन भएका थिए ।

रकम ठगेर फरार भएपछि कृष्णबहादुरले वैदेशिक रोजगार विभागमा उजुरी दिनुभएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार