कैलालीमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु

कैलाली: कैलालीमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । जिल्लाको चुरे गा.पा.५ भासु मन्दिर नजिकै भीमदत्त राजमार्गमा तराईबाट पहाडतर्फ जाँदै गरेको से. ६ प. ८७२१ नं. को मोटरसाईकल अनियन्त्रित भई अन्दाजी ५० मिटर तल भिरमा खसेर शुक्रबार साँझतिर दुर्घटना हुँदा मोटरसाईकल चालक डोटीको जोरायल गा।पा। वडा नं. १ का १९ वर्षीय भिम बहादुर बि.क.को शनिबार बिहान मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाईते भएका उनको उपचारका लागी पदमा अस्पताल अत्तरीया हुदै निसर्ग अस्पताल धनगढीमा उपचार कै क्रममा मृत्यु भएको हो ।

Dengue

साथै दुर्घटनामा घाईते भएका मोटरसाईकल पछाडी सवार सोही ठाँउका ४५ वर्षीय ओम प्रकाश सुनारको निसर्ग अस्पताल धनगढीमा उपचार भईरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार