राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला जाँदै

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला जाँदैछन् । राष्ट्रपतिमा निर्वाचित भएको करिब साढे छ महिनापछि राष्ट्रपति पौडेल पहिलो पटक गृह जिल्ला जान लागेका हुन् ।

उनी व्यास नगरपालिका ३ दमौलीस्थित दमौली सभा हलको उद्घाटन गर्न तनहुँको दमौली जान लागेका हुन् । राष्ट्रपति पौडेलले अहिले बिहान तनहुँको भानु नगरपालिका– १३ स्थित मिर्लुङमा रहेको भँगेरथानमा पूजा गर्ने कार्यक्रम छ ।

Dengue

त्यसपछि सदरमुकाम दमौलीको बिपी वनवाटिकामा निर्माण गरिएको जिल्ला सभा हल र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको सालिक अनावरण गर्ने कार्यक्रम रहेको छ ।

जिल्ला सभा हलको उद्घाटन दिउँसो १ बजे हुनेछ। ७ सय ५० जना क्षमताको उक्त सभा हल गण्डकी प्रदेशकै ठुलो मानिएको छ ।

राष्ट्रपति पौडेल नेपाली काँग्रेसको वरिष्ठ नेता भएको समयमा उनकै पहलबाट सङ्घीय सरकारको करिब २३ करोड ६२ लाख ४३ हजार ३३१ लागतमा उक्त सभा हल निर्माण भएको हो । राष्ट्रपति तनहुँ आउने भएपछि दमौलीबजार समेत बेहुली झैं सिंगारिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार