प्रधानमन्त्री प्रचण्ड र डब्लूएचओका महानिर्देशक टेड्रोसबीच भेट

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम घेब्रेयसुसबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्र राष्ट्रसंघ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री प्रचण्ड र टेड्रोसबीच शुक्रबार भेट भएको हो ।

Dengue

भेटेका क्रममा नेपाल र डब्लूएचओबीच हुँदै आएका आपसी सहयोगका विविध क्षेत्रबारे छलफल हुनुका साथै जनस्वास्थ्यका विभिन्न विषयमा अझ प्रभावकारी सहकार्य गर्ने समझदारी बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार