कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

धनगढी: कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका-२ भन्सार रोड नजिकबाट अबैध रुपमा भन्सार छलि गरी ल्याएका अन्दाजी रु. १९ हजार बराबरको चिनी,नरिवल,मिश्री,चामल लगायतका सामान बुधबार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

Dengue

यस्तै कञ्चनपुरको बेलौरी न.पा. २ टेडुवाबाट अबैध रुपमा भन्सार छलि गरी ल्याएका अन्दाजी रु. ४१ हजार ६४८ बराबरको शैलुनका मालसामानहरु बुधबार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको छ । फेला परेका सामान आवश्यक प्रकृया पुरा गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार