डीसीएद्वारा तीन राष्ट्रिय क्रिकेटर गृहनगरमा सम्मानित

धनगढी, ४ असोज । महिला टी(ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपाललाईं सेमिफाइनलसम्म पुर्याउँन महत्वपूर्ण योगदान दिएका तीन महिला क्रिकेटरलाई गृहनगर धनगढी क्रिकेट एकेडेमी(डीसीए) ले सम्मानित गरेको छ ।

नेपाली टोलीमा रहेका धनगढीका कविता कुँवर, इश्वरी विष्ट र रुवि पौदारलाई डीसीएले बिहीबार सम्मान गरेको हो ।

Dengue

सम्मान कार्यक्रमका प्रमुख अतिथि तथा ग्रेस इन्टरनेसनलका निर्देशक अन्ड्रु पौडेलले तीनैजनालाईं सम्मानपत्र र मायाँको चिनोसहित सम्मान गरे ।

सम्मानग्रहण गरेपछि कविताले ग्रासरुट क्रिकेटको विकासमा डीसिएको महत्वपूर्ण योगदान रहेको र लामो समयदेखि यहाँको क्रिकेट विकासमा भूमिका खेलेको संस्थाबाट सम्मानित हुन पाउँदा खुशी लागेको बताइन् ।

सम्मान गर्दै अन्ड्रुले राष्ट्रिय खेलाडीहरु देशको गहना भएको र सम्मानको अवसर दिएकोमा डीसिएलाई धन्यवाद ज्ञापन गरे ।

गत हप्ता भएको प्रतियोगितामा थाईल्यान्डसँग सेमिफाइनलमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो ।

डीसीएले अन्तर्राष्ट्रिय खेलाडीहरुलाईं शतप्रतिशत निशुल्क प्रशिक्षणको व्यवस्था मिलाउँदै आएको छ । साथै सबै महिला खेलाडीहरु निशुल्क प्रशिक्षणको व्यवस्था छ । लगत्तै डीसिएले महिला खेलाडीको विकासका लागि प्रिसेस कप क्रिकेटको पनि आयोजना गर्दछ । डीसीएमा आधा दर्जन बढी अन्तर्राष्ट्रिय खेलाडीहरु प्रशिक्षणरत् छन् ।

सम्मान कार्यक्रममा डीसिएका प्रशिक्षक राजु रिजाल, प्रबन्धक समुयल न्यौपानले लगायतको उपस्थिति थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार