प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तालिका सार्वजनिक, आउँदो ६ गते चीन जाने

काठमाण्डौ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदो शनिवार चीन भ्रमणमा जानुहुने भएको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति निकालेर प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे औपचारिक जानकारी गराएको हो ।

चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा हुन लागेको प्रधानमन्त्री प्रचण्डको भ्रमण आउँदो शनिवारदेखि १३ गतेसम्म रहने छ । भ्रमणमा उहाँकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालगायत पनि रहने परराष्ट्रले जनाएको छ ।

Dengue

प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई हाङ्झाउमा भेट गर्ने कार्यक्रम छ भने समकक्षी प्रधानमन्त्री ली छ्याङसँग भेट गर्नुहुनेछ । साथै, प्रधानमन्त्रीले बेइजिङमा रहेको नेपाली दूतावासले संयुक्त रुपमा आयोजना गरेको चीन–नेपाल लगानी सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्ड आउँदो शनिवार हाङ्जाओमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनुहुनेछ । अहिले अमेरिकाको भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड त्यतैबाट चीन प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँ आउँदो १३ गते स्वदेश फर्किनु हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार