चुइगम चपाइरहँदा हुन सक्छ समस्या

एजेन्सी । कतिपय मानिसलाई चुइगम चपाइरहने बानी हुन्छ । तर यस्तो बानीले स्वास्थ्यमा नराम्रो असर पनि पुर्‍याउन सक्छ । आउनुहोस् चुइगम चबाइरहँदा हुने नोक्सानीका बारेमा जानौं ।

-धेरै चुइगम चबाउनु पेटका लागि नोक्सानदायक हुन सक्छ । यसले ग्यास्ट्रोइन्टेस्टाइनल समस्या जस्तै पेट दुख्ने, पेट सुन्निने तथा मुटु जल्ने जस्तो समस्या हुन सक्छ ।

Dengue

-चुइगम चपाइरहने बानीले माइग्रेनको समस्या पनि आउन सक्छ । यसलाई धेरै चपाइरहँदा मांसपेशी र दाँतमा दबाब पर्छ जसले गर्दा टाउको दुख्ने समस्या आउँछ ।

-चुइगम चपाइरहने बानीले आन्द्रालाई पनि हानी पुर्‍याउन सक्छ । यसमा पाइने अप्राकृतिक गुलियोले आन्द्रा सुन्निने तथा पोल्ने जस्तो समस्याको कारण बन्न सक्छ ।

-चुइगममा अप्राकृतिक चिनी हुन्छ, जसले क्याबिटी गराउन सक्छ र दाँत कुहिन थाल्छन् । यसले दाँतमा ब्याक्टेरिया बन्ने खतरा बढ्छ ।

-चुइगम चपाइरहने मानिसलाई जंकफुड पनि अत्यधिक खान मन लाग्छ । धेरै जंकफुड खाँदा मोटोपनको समस्या पनि बढ्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार