अट्वारी पर्वको अन्तिम दिन आज विवाहित छोरीलाई अग्रासन दिइदैँ

धनगढी। कैलालीसहित विभिन्न जिल्लाका थारु समुदायले धुमधामसंग मनाउने अट्वारी पर्वको अन्तिम दिन आज विवाहित छोरीलाई अग्रासन दिइदैँ छ ।

माइती पक्षको कोसेली स्वरुप विवाहित छोरीबेटीलाई अट्वारी पर्वमा खाने विभिन्न परिकारको अग्रासन दिन लागिएको हो । अग्रासनमा अन्डीको रोटी, खुर्मा, खरिया, फुलौरी, फलफूल, गेडागुडी तथा सागको तरकारी, माछा मासु, भात लगायतको परिकार रहने गर्दछ ।

Dengue

अट्वारी पर्वको यी परिकारहरु माइतीबाट पाएपछि विवाहित छोरीबेटी खुशी हुने गरेको कैलारी गाउँपालिका–७ मोहनपुरका बलराम चौधरीले बताउनुभयो । उहाँका अनुुसार आजकोे दिन चेलीबेटीहरु माइतीपक्षको अग्रासन कुरेर बसेका हुन्छन् । अग्रासन नपाएमा उनीहरु दुःखी हुने गर्दछन् । अग्रासन दिन गएकालाई उनीहरुले निकै आदर सम्मानका साथ मिठा मिठा परिकार खुवाएर पठाउने गरेको जनाइएको छ ।

अट्वारी पर्वको पहिलो दिन व्रतालुहरुल अन्डीको रोटी, फलफूल, खुर्मा, दुध खाने चलन रहेको छ । यी परिकारहरु खानुभन्दा अगाडि उनीहरुले एक भाग निकालेर आफ्ना विवाहित दिदी बहिनीका लागि छुट्टै राख्ने गर्दछन् ।

यसैगरी, पर्वको दोस्रो दिन उनीहरुले खरिया, फूलौरी, गेडागुडी सागको तरकारी, माछा, मासु जस्ता परिकार खाने चलन रहेको छ । यसलाई थारु भाषामा ‘फरहार’ गर्ने भनिन्छ । दोस्रो दिन पनि व्रतालुहरुले सबै परिकार एक भाग छुट्टै निकालेरमात्रै खाने गर्दछन् । यसरी, निकालेर राखेको रोटीसहित खानाका सबै परिकार आफ्ना विवाहित छोरीचेलीलाई दिने गरिन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार