भारत बन्यो एसिया कप विजेता

काठमाडौं । एसिया कपको फाइनलमा भारतीय टोलीले ऐतिहासिक जित हात पारेको छ । श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारतले कीर्तिमानी आठौं पटक उपाधि जितेको हो । च्याम्पियन बनेपछि टीम इन्डियाले १ लाख ५० हजार डलर नगद पुरस्कार पाएको छ । उपविजेता श्रीलंकाले पनि करिब ७५ हजार डलर पुरस्कार प्राप्त गरेको छ ।

भारतका रविन्द्र जडेजाले उत्कृष्ट क्यावापत ३ हजार डलर प्राप्त गरे । मोहमद सिराजले ५ हजार डलर, ट्रफी, प्लेयर अफ दी म्याच सिराजले आफूले पाएको पुरस्कार ग्राउन्ड स्टाफलाई दिए ।

Dengue

कुलदीप यादव ५० हजार डलर, प्लेयर अफ द टुर्नामेन्ट कुलदीपले पाकिस्तानविरुद्ध लिएका पाँच विकेटसहित यस प्रतियोगितामा कुल ९ विकेट लिए ।

श्रीलंकाका ग्राउन्ड स्टाफस् पिच क्युरेटर र ग्राउन्ड्समेनलाई ५०,००० डलर पुरस्कृत

श्रीलंका उपविजेता टोलीलाई ७५,००० डलर

भारत विजेता टोलीलाई १ लाख ५० हजार डलर ।

श्रीलंकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरे पनि बुमराहले पहिलो ओभरमा नै विकेट लिएर भारतलाई राम्रो सुरुवात गराए । श्रीलंकाको इनिङ्सको चौथो ओभरमा सिराजले चार विकेट लिएर ब्याटिङ क्रम नै ध्वस्त पारे । सिराजले आफ्नो अर्को ओभरमा पाँच विकेट पूरा गरे। हार्दिकले तीन विकेट लिए भने सिराजले अर्को सफलता हात पारे ।

कुसल मेन्डिसको १७ रन र दासुन हेमन्तको १३ रनको सहयोगमा श्रीलंकाको टोली ५० रन बनाउन सफल भयो । जवाफमा भारतले ३७ बलमा लक्ष्य पुरा गर्यो । शुभमन गिल २७ रनमा अविजित रहे भने इशान किशन २३ रनमा अविजित रहे । भारतले २६३ बल बाँकी रहँदै १० विकेटले खेल जित्यो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार