पर्व हाम्रा पहिचान र गौरव हुन् : सभापति देउवा

काठमाडौँ: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रो देश अनेक धर्म, अनेक संस्कृति र अनेक पर्वले समृद्ध रहेको उल्लेख गर्दै यी पर्व हाम्रा पहिचान र गौरव भएको उल्लेख गरेका छन् ।

नेपाली महिलाहरूको विशेष पर्व हरितालिका तीजका अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उहाँले समाजमा सौहार्दता र एकतालाई मजबुत तुल्याउन यी पर्वहरुले योगदान गर्दै आएको बताए।

Dengue

सभापति देउवाले सबै खाले पर्वमा आपसी प्रेम, सद्भाव, विश्वास र भाइचारा व्यक्त गर्ने हाम्रो परम्पराले समाजलाई एक साझा फुलवारीका रुपमा प्रतिविम्वित गर्दै आएको उल्लेख गर्दै तीजमा चेलीहरु माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि यसको विशेष महत्व रहेको बताए ।

उनले यो पर्वले आजको दिनमा हाम्रो देश, समाज र सबैको पारिवारिक जीवनमा सुखद् अपनत्व अभिवृद्धि गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार