धनगढी: कैलालीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले आकस्मिक बाहेकका सबै सेवाहरु लागि बन्द गरेको छ ।
गत भदौं २७ गते हेटौंडास्थित सन्चो अस्पतालमा डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण भएका कारण स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटललले पनि (आज) एक दिनका सेवा बन्द गरेको हस्पिटलका अध्यक्ष महेशराज जोशीले जानकारी दिए ।
उक्त घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन संघले ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको थियो । तर दोषी माथि अझै कारबाही नगरिएको भन्दै संघले आजको आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको हो ।
प्रतिक्रिया दिनुहोस्