लिबियामा बाढीमा परी ५ हजार बढीको मृत्यु

काठमाडौं: लिबियामा बाढीमा परी ५ हजार बढीको मृत्यु भएको एक जना मन्त्रीले बताएका छन् ।

लिबियाका एकजना मन्त्री हिशाम चकियोतले ५ हजार ३०० जनाको मृत्यु भएको बीबीसीसँग बताएका हुन् । आपतकालीन उद्धारमा खटिएका अधिकारीहरुले १० हजार जना बेपत्ता भएको र ३० हजार जना मानिस विस्थापित भएको बताएका छन् ।

Dengue

डेनियल नामको आँधीका कारण आइतबार राति डेर्नामा सुनामी जस्तो बाढी आएको थियो । उक्त बाढीले करिब एक लाख जनसंख्या रहेको डेर्ना शहरको धेरै इलाकालाई बगाएर समुद्रमा पुर्‍याएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

डेर्नाको तटीय क्षेत्रमा बाढीले दुईवटा बाँध र चारवटा पुलहरु भत्काएको छ । त्यसपछि बस्तीमा बाढी पसेर क्षति पुगेको बीबीसीले जनाएको छ ।

बाढीले सबैभन्दा बढी क्षति डेर्ना शहरमा पुगेको छ । त्यहाँ फेला परेका लाशहरुलाई मेसिनको सहायताले ठूलो खाल्डो खनेर एकै ठाउँ गाडिएको छ । बोरा र कम्बलहरुमा बेरिएका शवहरुलाई सामूहिक चिहानमा समाधिस्थ गरिएको हृदयविदारक दृष्य देखिएको बीबीसीले जनाएको छ ।

जनजीवन अस्तव्यस्त भएका कारण क्षतिको विवरण संकलन गर्नसमेत उद्धारकर्तालाई हम्मेहम्मे परेको बीबीसीले जनाएको छ । विवरण संकलनको काम जारी रहेकाले बाढीमा परी मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार