एसपीए कलेजको विद्यार्थी परिषदमा कृष्ण पुजाराको प्यानल विजयी

धनगढी: एसपीए कलेजको विद्यार्थी परिषदमा कृष्ण पुजाराको प्यानल विजयी भएको छ ।

अध्यक्षमा स्वतन्त्र विद्यार्थी परिषदका उमेद्वार कृष्ण पुजारा निर्वाचित भएका छन् । बुधबार भएको परिषदको मतदानबाट प्रतिद्वन्दी सुलभ थापालाई हराउदै पुजाराको पुरै प्यानल विजयी भएका हुन् ।

Dengue

बिजयी पुजाराले २१४ मत पाएका हुन् भने थापाले १६३ मत प्रप्त गरेका थिए । उपाध्यक्ष भवन बिष्टले २०४ महिला उपाध्यक्ष आयुष्मा जोशी २०४ मत, सचिव निशान्त बमले २३० मत, सहसचिव निरकमल उपाध्याय २३० मत र कोषाध्यक्ष हेम जोशीले २३० मत प्राप्त गरेका हुन् ।

त्यसैगरी ललित महतोले २२५ मत, योगेन्द्र चन्दले २२३ मत, गायत्री जोशीले २२३ मत, नविन रानाले २१७ मत, प्रतिमा शाहीले २२० मत, कबिराज खत्रीले २३५ मत प्राप्त गरी विजय भएका छन् ।

कुल ८६९ मत रहेको बिद्यार्थी परिषदमा ५१७ मत खसेका थिए भने ४७ मत बदर भएका थिए । एसपीए विद्यार्थी परिषद् पूर्णतयास् गैर राजनीतिक विद्यार्थीहरुको साझा मञ्च हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार