सुवासचन्द्र नेम्वाङको निधनमा आज सार्वजनिक बिदा

सरकारले आज सार्वजनिक बिदा दिएको छ। सरकारले संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा आज सार्वजनिक बिदा दिएको हो।

आज उनको राजकीय सम्मानका साथ अन्त्येष्टीसमेत गरिँदैछ। गत मंगलबार हृदयघातबाट निधन भएका नेकपा एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टी गरिन लागिएको हो। दिउँसो १२ बजे हिन्दु र किराँत दुवै अनुसार उनको अन्तिम दाह संस्कार गरिने जनाइएको छ।

Seti Hospital

मंगलबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने निर्णय गर्दै सोही दिन सार्वजनिक बिदा दिनेसमेत निर्णय पनि गरेकाले आज सार्वजनिक बिदा दिईएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार