कैलालीमा भाइरल ज्वरोका बिरामी बढ्दै

धनगढी: कैलालीमा भाइरल ज्वरोका बिरामी बढ्दै गईरहेको पाईएको छ । जिललाको गोदावरीमा ज्वरो आउने र रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ ।

गोदावरी नगरपालिका स्थित मालाखेती अस्पतालमा हाल बिरामीको चाप बढेको अस्पतालका एमडीजीपी डाक्टर अन्वेष कोईरालाले बताए । ‘अहिले भाइरलको सिजन भएकोले अस्पतालमा बिरामीका बढेका हुन ।’ उनले भने ‘ ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, रुघाखोकीका बिरामी बढेका छन ।’ उनले यस्तो समस्या बच्चा देखि बुढा सम्म सबैमा देखिएको बताए ।

Dengue

उनका अनुसार हाल अस्पतालमा दैनिक साढे ३ सयको संख्यामा बिरामी आउने गरेका छन । गोदावरी क्षेत्रका अन्य अस्पतालहरुमा पनि अहिले भाइरल ज्वरोका बिरामीको चाप बढेको छ ।

भाइरल ज्वरो आएका बिरामीले नआत्तिन, झोल पदार्थ बढी खान, सफा पानी बढी पिउन, खानपिन र सरसफाइ लगायतका जनस्वास्थ्यको मापदण्डमा ध्यान दिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार