बाघको आक्रमणबाट टीकापुरमा एक जना घाइते

धनगढी: कैलालीको टीकापुरमा बाघको आक्रमणबाट एक जना घाईते भएका छन् । जिललाको टीकापुर नगरपालिका वडा नम्बर २ स्थित सामुदायिक वनमा गइरहेकी वडा नम्बर २ विजयनगर खडक टोलकी ३५ वर्षीय फूलकुमारी चौधरी बाघको आक्रमणबाट घाइते भएकी हुन् ।

सोमबार बिहान जानकी गाउँपालिका वडा नम्बर ६ स्थित कैलाशेश्वर सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा उनी बाघको आक्रमणमा परेकी थिइन्। आक्रमणबाट उनको पेट र पिठ्यूमा चोट लागेको छ। इलाका प्रहरी कार्यालय टीकापुरले दिएको जानकारी अनुसार घाइते चौधरीको टीकापुर अस्पतालमा सामान्य उपचार थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ। वडा नम्बर २ को अधिकांश स्थानमा जंगल क्षेत्र पर्ने भएकाले घाँस दाउँरा काट्न जाँदा सजग भएर जान वडाध्यक्ष दीपक चौधरीले आग्रह गरेका छन्।

Dengue

यसअघि समेत सो क्षेत्रमा बाघको आक्रमणबाट केही व्यक्ति घाइते भएका थिए। राष्ट्रिय गौरवको रानी, जमरा, कुलरिया कुलाको रानी कुलाको मुख्य इन्टेक क्षेत्रमा विगत चार महिना यता डमरुसहितको बाघहरू देखा पर्दै आएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार