कैलालीमा भन्सार छलि ल्याएका सामान बरामद

धनगढीः कैलालीमा भन्सार छलि ल्याएका सामान बरामद गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ भन्सार रोड नजिकबाट भन्सार छलि ल्याएका अन्दाजी ५० हजार ५ सय मुल्य बराबरको चिनी, भाईरल साडी, कुर्ती लगायतका सामान र कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडाबाट अन्दाजी १५ हजार मुल्य बराबरको प्लाष्टिक झिल्ली सोमवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

Dengue

यस्तै धनगढी उपमहानगरपालिका–२ राष्ट्रिय वाणिज्य बैंक नजिकबाट भन्सार छलि ल्याएका अन्दाजी १ लाख २९ हजार मुल्य बराबरको बिडी, साडी, कुर्ती, लेडिज सुट लगायतका सामानहरु आज बिहान (मंगलवार) प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार