डडेल्धुरामा मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु

डडेल्धुराः डडेल्धुरामा मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ।

डडेल्धुराको अमरगढी नगरपालिका-१ स्याउले स्थित लिसा कम्पनी नजिक भिमदत्त राजमार्ग सडक खण्डमा से. ५ प. २८०३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई मंगलवार राति ०१ः३० बजे दुर्घटना भएको डडेल्धुरा प्रहरीले जनाएको छ।

Seti Hospital

दुर्घटना हुँदा मोटरसाईकल चालक बैतडीको पाटन नगरपालिका-१ बस्ने ५८ वर्षीय खगेन्द्र पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताएको छ। स्याउलेबाट बागबजार तर्फ जादै गरेको अबस्थामा मोटरसाईकल अनियन्त्रित भई सडक छेउ नजिकै रहेको कल्भड बनाउनको लागि खनेको खाडलमा परेर पन्तको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार