पाकिस्तानविरुद्ध भारतको शानदार जित, भारतले आज श्रीलंकासँग खेल्दै 

काठमाडौँ: एसिया कप क्रिकेटको सुपर फोरमा भारतले पाकिस्तानविरुद्ध शानदार जित हासिल गरेको छ । श्रीलंकाको कोलम्बोमा सोमबार राति भएको खेलमा पाकिस्तान २२८ रनको लज्जास्पद हार बेहोर्न बाध्य भएको हो ।

वर्षाले प्रभावित खेलमा आइतबारदेखि ब्याटिङ थालेको भारतले २ विकेटको क्षतिमा ३५६ रन बनायो । भारतका लागि विराट कोहलीले ९४ बलमा अविजित रहँदै १२२ रन बनाए ।

Dengue

त्यस्तै विराटसँग मिलेर तेस्रो विकेटका लागि अविजित २३३ रनको साझेदारी गरेका केएल राहुलले १०६ बलमा १११ रन बनाए ।

त्यस्तै शुबमन गिलले ५८ तथा रोहित शर्माले ५६ रन बनाए । कोहलीले करियरको ४७ औँ एक शतक प्रहार गरेका छन् । त्यस्तै १३ हजार रन पनि पूरा गरेका छन् । राहुलको भने छैटौँ शतक हो ।

भारतले नेपालविरुद्ध पाकिस्तानले बनाएको योगफल भन्दा बढी बनाएको हो । एसिया कपकै समूह चरणमा पाकिस्तानले नेपालविरुद्ध ३४२ रन बनाएको थियो ।

जवाफमा पाकिस्तानले ३२ ओभरमा अलआउट हुँदै १२८ रनमात्र बनाउन सक्यो । विश्वको आईसीसी वरीयताको शीर्ष स्थानमा रहेको पाकिस्तानलाई ध्वस्त पार्ने क्रममा कुलदीप यादवले २५ रन खर्चेर ५ विकेट लिए । त्यसैगरी जसप्रित बुमराह, हार्दिक पाण्डेया र शार्दुल ठाकुरले १–१ विकेट लिए ।

यो जितसँगै भारत सुपर फोरको शीर्ष स्थानमा पुगेको छ । भारतको १ खेलबाट २ अंक छ । त्यस्तै श्रीलंकाको १ खेलबाट २ अंक छ भने पाकिस्तानको २ खेलबाट २ अंक छ । बंगलादेशको भने २ खेलबाट कुनै अंक छैन ।

पाकिस्तानले भारतलाई हराएको भए एक खेलअघि नै फाइनलमा पुग्ने थियो । अब भने पाकिस्तानको फाइनल यात्रा पनि कठिन बनेको छ ।

अन्तिम खेलमा श्रीलंकालाई हराएमात्र पाकिस्तान फाइनलमा पुग्नेछ ।

आइतबारको खेल वर्षाले पूरा नहुँदा सोमबार रिजर्भ डेमा पूरा भएकामा आज लगातार तेस्रो दिन भारतले खेल्नेछ ।

आजको खेलमा भारतको भिडन्त श्रीलंकासँग हुनेछ । खेल दिउँसो ३ः१५ बजे शुरु हुनेछ ।

पहिलो पटक एसिया कप खेलेको नेपाल र अफगानिस्तान भने समूह चरणबाटै बाहिरिएका थिए ।

नेपाल भारतसँग १० विकेटले र पाकिस्तानसँग २३८ रनले पराजित भएको हो । नेपाली टिमको निकै नै प्रशंसा भएको थियो ।

भारतविरुद्ध नेपालले २३० रन बनाएको थियो । पाकिस्तानले नेपाली बलर सामु ब्याटिङ गर्न निकै संघर्ष गर्नुपरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार