तैचुप मैचुप गराउन नयाँ षड्यन्त्र देखा पर्न थाले : गृहमन्त्री श्रेष्ठ

काठमाडौं: उपप्रधान तथा गृहममन्त्री नारायणकाजी श्रेष्ठले सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई रोक्न अनेक षड्यन्त्र भइरहेको बताएका छन् ।

ज्यापु समाज यलको ३०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई जनताले समर्थन गरेको बताए । तर, यसलाई असफल पार्न विभिन्न हत्कण्डा देखा पर्न थालेको बताउँदै उनले भने, ‘सुशासनको अभियान अगाडि नबढोस्, यसले विराम लिओस् । फेरि तैचुप मैचुप होस् भनेर नयाँ षड्यन्त्र देखा पर्न थालेका छन् ।’

Dengue

तर यस्ता षड्यन्त्रहरुलाई असफल बनाएर छाड्ने उनले बताए । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका गृहमन्त्री श्रेष्ठले भने, ‘म कबुल गर्न चाहन्छु, सुशासनको अभियान जारी राख्छौं । सारा षड्यन्त्रलाई असफल बनाएर अगाडि बढ्ने छौं ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार